एनआरएनए उपाध्यक्षका उम्मेदवार रेग्मीद्वारा प्रतिनिधिलाई काठमाडौंमा स्वागत, मतदान गर्न अपील
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका राजु रेग्मी ‘राजु’ले ११औं महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका प्रतिनिधिहरूलाई स्वागत गर्दै गरेका छन् ।
रेग्मीले प्रतिनिधिहरूलाई आफ्नोतर्फबाट स्वागत गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत महाधिवेशनमा सभागी हुन विश्वभरिबाट आएका प्रतिनिधिहरूलाई स्वागत गरेका हुन् ।
रेग्मीले विश्वभरि छरिएर रहेका एनआरएनएको हितमा काम गर्नका लागि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले आफूलाई उपाध्यक्ष पदमा मतदानका लागि अपील गरेका छन् ।
एनआरएनएको महाधिवेशन आज (मंगलबार)बाट काठमाडौंमा शुरु हुन लागेको छ ।
रेग्मी एनआरएनएका वर्तमान युवा उपाध्यक्ष समेत हुन् । उनले उम्मेदवारीसँग ८ संकल्प पनि सार्वजनिक गरेका छन् ।
कतारमा बस्दै आएका रेग्मीले एनआरएनएमा परिणाममुखी काम गर्ने जनाएका छन् । उनले आफूलाई उपाध्यक्षमा मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।
उनले भने, ‘मेरा प्रतिवद्धताहरूलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर प्रतिनिधिहरूले दिएको जिम्मेवारी पूरा गर्नेछु ।’
रेग्मीले आफ्ना संकल्प अभियन्ता, आम गैर आवासीय नेपाली, डेलिगेट्सलाई सार्वजनिक गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया