गौमाता रक्षार्थ घोराहीमा महायज्ञ, मुख्यमन्त्री चौधरीद्वारा गाई संरक्षणका लागि अनुरोध
घोराही । गौमाता रक्षार्थ दाङको घोराहीमा महायज्ञ शुरु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेले श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८० को उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना गरेको छ ।
मुख्यमन्त्री चौधरीले हिन्दुहरूले पूजा गर्ने देवताको रुपमा मानिने गाईको संरक्षण गर्नका लागि सबैजना लाग्न आवश्यक भएको बताए । उनले राष्ट्रि«य तथा धार्मिक जनावर गाईको रक्षा गर्नु हरेक नेपालीहरूको कर्तव्य भएको बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका मुख्यमन्त्री चौधरीले गोवंशबाट कसरी उत्दानमा जोड्ने भनेर लाग्न पनि आवश्यक भएको बताए । उनले महायज्ञले गाईको महत्व समाजमा स्थापित गर्न र गोवंश रक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षासहित यस अभियानमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
चौधरीले श्री योगी आदित्यनाथ फाउण्डेशनले सञ्चालन गरेको गौशालामा पराल राख्नका लागि ट्र«स्ट निर्माण प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
महायज्ञका मुख्य वाचक प.अमृतशरण देवाचार्यले गोवंशको रक्षामा लाग्न अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रमुख सचेतक अनिता देवकोटा, नेपाली कांग्रेस नेता एवम् यातायात व्यवसायी सुरेश हमाल, दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, एमाले नेतृ तथा घोराही उप–महानगरपालिकाकी उप–प्रमुख हुमा डिसी, घोराही उप–महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष रामलौटन चौधरी, विश्व हिन्दु महासंघ दाङका अध्यक्ष डा.भोलानाथ योगी, पतञ्जलि योग समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष शारदा पोख्रेल, घोराही उप–महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेय, चन्द्रप्रकाश देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महायज्ञमा सहभागीहरूलाई मातृशक्ति परिचालन समितिका संयोजक रुपा वलीले स्वागत गरेकी थिइन् । महायज्ञ आयोजक मूल समितिका सह–संयोजक विमला योगीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।
महायज्ञको उद्देश्यबारेमा विश्व हिन्दु महासंघ दाङका अध्यक्ष डा.भोलानाथ योगीले स्पष्ट पारेका थिए ।
राष्ट्रिय एवम् धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने तथा श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन र गोवंश (गाई, गोरु, बाच्छा, बाच्छी)को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको उद्घाटनपूर्व घोराहीमा शोभायात्रा गरिएको थियो ।
महायज्ञमा हरेक दिन श्रृङ्गारिक गौ आरती गरिने छ । एक करोड दीप प्रज्वलन गरिनेछ । भक्तजनहरूको माग अनुसार महायज्ञमा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि राखिएको छ ।
एक हजार आठ शालिग्राम पूजन, एक सय आठ कन्या पूजन लगायत विवाह, ब्रतबन्ध, चौरासी पूजाको व्यवस्था पनि गरिएको छ । महायज्ञको वाचकमा अन्तर्राष्ट्रिय स्वर्ण पदकबाट बिभुषित प.अमृतशरण देवाचार्य रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया