सभापति देउवासँग कार्कीद्वारा भेटवार्ता, गबन्धनको भावनाअनुसार काम गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की भेट गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले शनिबार साँझ सभापति देउवालाई धुम्बाराहीस्थित निवासमा पुगेर भेट गरेका हुन् । सभापति देउवाले कार्कीलाई सत्ता गठबन्धनको भावनाअनुसार काम गर्न निर्देशन दिएका छन् ।
कार्कीले पनि गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्ने जवाफ दिएको बुझिएको छ ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभापति देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई कायम राख्ने सहमति भएको थियो ।
गठबन्धनको निर्णयविरुद्ध भएका कोइराला पक्षीय कार्कीले एमालेको समर्थनमा मख्यमन्त्री बनेका थिए ।
प्रधानमन्त्री दाहाल, देउवा र कोइरालाबीच भएको सहमतिअनुसार कार्कीलाई गठबन्धनले पनि विश्वासको मत दिनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया