मध्यपूर्वबाट उपाध्यक्षका उम्मेदवार रेग्मीका के–के छन् संकल्प ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्ष पदमा मध्यपूर्वबाट उम्मेदवारी दर्ता गराएका राजु रेग्मी ‘राज’ले विजयी बनाउन अपील गरेका छन् ।

रेग्मीले निर्वाचन समितिसमक्ष नयाँ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेसँग मतदाताहरूसँग मतदानका लागि अनुरोध गरेका छन् ।

रेग्मीको उम्मेदवारीमा अमेरिकाबाट हरिबोल भण्डारी र कतारका नरेन्द्र भाट प्रस्तावक बसेका छन् । रेग्मीलाई अष्ट्रेलियाका दुर्गा आचार्य र स्पेनका एकराज गिरीले समर्थनगरेका छन् ।

रेग्मीलाई अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माले आ–आफ्नो टिममा राखेका छन् । अक्टोवर १७ देखि २० तारिखसम्म काठमाडौंमा सम्पन्न हुन गइरहेको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रेग्मीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।

रेग्मीले आफ्नो पवित्र अभियानमा सहयोगका लागि अपील गरेका छन् । उनले मातृभूमिको हितको लागि कार्ययोजनालाई सफल र परिणाममुखी बनाउन उपाध्यक्ष पदमा जिताउन अनुरोध गरेका छन् ।

रेग्मीका संकल्पहरू

१. सम्बृद्ध नेपालका लागि लगानी तथा पर्यटन प्रवर्धन ।

२. व्यवस्थित, मर्यादित र सुरक्षित वैदेशिक रोजगार ।

३. हाम्रो,राम्रो र प्रविधिमैत्री एनआरएनए ।

४. महिला, युवा र नयाँ पुस्ताको । सशक्तिकरण एनआरएनमा रुपान्तरण ।

५. सम्बृद्ध नेपालका आधार: नागरिकता र मताधिकार ।

६. प्राविधिक शिक्षा तथा युवा स्वरोजगार ।

७. एनआरएनएको वैज्ञानिक परिभाषा एवं पारदर्शिता ।

८. नेपाली कला संस्कृतिको प्रवर्धन तथा जगेर्ना ।

Published : Saturday, 2023 October 14, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया