शान्ति स्थापनका लागि बुद्ध दर्शनको विकल्प अरु हुन सक्दैन : उपाध्यक्ष डा.लामा

काठमाडौं । संविधानसभाका सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले शान्ति स्थापनका लागि बुद्ध दर्शनको महत्वपूर्ण भूमिका रहेको भन्दै विश्व शान्तिको निम्ति बुद्ध दर्शनको विकल्प अरु हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी) नेपाल अध्यायको चौथो महाधिवेशनमा बोल्दै उपाध्यक्ष डा.लामाले मानव समाजको विकासका लागि आपसी सद्भाव, प्रेम, भाइचारा, मैत्रीभावको विजारोपण गर्नमा बुद्ध दर्शनको उल्लेख्य भुमिका रहेको बताए । उनले बुद्ध दर्शनको मूल शिक्षा नै शान्ति र अहिंसा भएका शान्ति स्थापन गर्न बुद्ध दर्शनको विकल्प नरहेको बताएका छन् ।

उपाध्यक्ष डा.लामाले गौतम बुद्धको शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षाबाट विश्व समाजलाई शान्ति स्थापनाको निम्ति प्रेरणा लिन समेत अपील गरेका छन् ।

कार्यक्रममा आईबीसीका उप–महासचिव खेन्सुर च्याङ्छुग्यबु छोदेनको उपस्तिथि रहेको थियो ।

खेन्सुरले महाधिवेशन सम्पन्नताको शुभकामना व्यक्त गर्दै बुद्ध दर्शनले अन्तर्राष्ट्रियस्तरमा भाइचाराको सद्भाव कायम गरेको बताए ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी) नेपाल अध्यायको चौथो महाधिवेशन बौद्धको पटालिन होटलमा सम्पन्न भएको छ ।

महाधिवेशनबाट सात सदस्यीय समिति निर्वाचित गरी अन्तर्राष्ट्रिय बौद्ध परिसंघ नेपाल अध्यायको चौथो महाधिवेशन सम्पन्न हुनेछ ।

Published : Saturday, 2023 October 14, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया