शेरचन र शाही सबैभन्दा धेरै अनुपस्थित, कात्तिक १२ सम्म बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक कात्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरूको शुभकामना व्यक्त गरेका छन् । उनले कात्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित भएको जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले बिद्युत् विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरूको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।

थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचनालाई संसदले स्वीकृत गरेको छ ।

गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ ।

Published : Friday, 2023 October 13, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया