स्वास्थ्य बीमा डुबाउने कार्यकारी निर्देशकलाई कारबाही

काठमाडौं । स्वास्थ्य बीमा बोर्डलाई तहस नहस बनाउने कार्यकारी निर्देशक दामोदर बसौलालाई सरकारले निलम्बन गरेर कारबाही गरेको छ ।

निर्देशक बसौलालाई तीन महिनाका लागि सरकारले निलम्बन गरेको जनाएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशक बसौलालाई स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै निलम्बन गर्ने निर्णय गरेको छ ।

सरकारले बसौलालाई शुक्रबार निलम्बनको पत्र दिएको छ । पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएपछि बसौलालाई निलम्बन गरिएको सरकारले उल्लेख गरेको छ ।

Published : Friday, 2023 October 13, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया