गैरीगाउँमा चार जनाको हत्यामा संलग्न भण्डारीलाई थुनामा राख्न आदेश
काठमाडौं । काठमाडौंको गैरीगाउँ हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
भदौ २९ गते राति तीनकुनेको गैरीगाउँमा रहेको दीव्या स:मिलमा ४ जनाको हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको अभियोगमा भण्डारीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश दीनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएका हुन् ।
घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो । चार जनाको हत्या भएका घटनाको अभियुक्त सञ्जय भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
क्रुर तथा निर्ममतापूर्वक हत्या गरेको कसूरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदावी गरिएको छ ।
घटनाका सम्बन्धमा आरोपित सञ्जय भण्डारीले कसुर कबुल गरेको, घटनास्थलमा भण्डारीको उपस्थिति देखिएको, मोबाइलको लोकेशन तथा सिसीटिभी फुटेजबाट पनि भण्डारीको उपस्थिति पुष्टि भएको भन्दै निजलाई जीवनभर कैदमा राख्न माग दाबी लिई बिहीबार मुद्दा दर्ता गरिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया