नेपाल वायुसेवा निगमको कर्तुतबारे खुलासा गरेर रामहरि खतिवडाले मन्त्रीलाई नाङ्गो बनाए
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल एयरलाईन्सको टिकट निकै महँगो रहेको गुनासो गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले भने, ‘नेपाल एयरलाईन्सका टिकटहरू महँगा छन् । कालोबजारीमा बिक्री भइरहेका छन् ।’
‘नेपाल एयरलाईन्स ४८ अर्बभन्दा धेरैको घाटामा छ’, उनले भने, ‘यसका बारेमा सरकारको ध्यान जाओस् र नेपाल एयरलाईन्सलाई सरकारको एयरलाईन्स बनाओस् ।’
‘नत्र भने यो मागी खाने दुहुनो गाई भएको छ । घाँस हाल्न नपर्ने, सहोर्न नपर्ने, दुध मात्रै दुहुने प्रवृत्ती अन्त्य गरोस् धन्यावाद’, सभापति खतिवडाले भने ।
निकै घाटामा रहेको नेपाल एयरलाईन्सले जहाज किन्ने तयारी गरेको छ । जहाज किन्न पाँचतारे होटल सोल्टीको सेयर बिक्री गरेर लगानीको तयारी भइरहेका बेला कांग्रेसका सांसद खतिवडाले सचेत गराएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न निगमका सम्पत्ति बेच्न षड्यन्त्र गरिरहेका बेला खतिवडाले सबै खेलाहरू उदाङ्गो बनाइदिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया