शेखर समूहका कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिले प्रदेश सभा सदस्य केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन आग्रह गरेको छ ।
बिराटनगरमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई आफ्नो दाबी फिर्ता लिन आग्रह गरेको हो । कार्कीको समर्थनमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरूलाई हस्ताक्षर फिर्ता लिन पनि कांग्रेसले आग्रह गरेको छ ।
प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिले कोशीको कांग्रेस संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई पालना गर्न आग्रह गरिएको बताएका छन् ।
सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
शेखर कोइराला निकटका प्रदशसभा सदस्य केदार कार्कीसहितको समूहले केन्द्रको निर्णयलाई चुनौती दिएका छन् ।
शेखर समूहको यो गतिविधिले कांग्रेसभित्र ठूलो समस्या उत्पन्न गराएको छ । शेखर समूहलाई आगामी दिनमा यसको मूल्य चुकाउनुपर्नेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया