कोशीमा राप्रपाले कसैलाई पनि साथ नदिने

काठमाडौं । सत्ता गठबन्धनभित्र एमालेले बबाल मच्चाइदिएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक, सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको श्रेष्ठले बताए ।

‘कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समिक्षा गरेका छौँ’, उनले भने, ‘घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे निर्णय लिइनेछ ।’

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र आगो सल्काइदिएका छन् ।

मुख्यमन्त्री पदको लोभ देखाएर एमालेले शेखर कोइराला समूहका प्रदेश सभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडि बढाएका छन् ।

Published : Friday, 2023 October 13, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया