‘अक्टोपस’ले परिचित सांसद सिंहको अकुत सम्पत्तिको फाइल अख्तियार र विभागमा पुग्यो
काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
बिहीबार आयोग र विभागमा सिंहविरुद्ध अलग अलग उजुरी परेको हो । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकाश ठाकुरले स्वतन्त्र सांसद सिंहविरुद्ध भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उजुरी दिएका छन् ।
सांसद सिंहले कमाइ गरेको सम्पत्तिहरूको विवरण पनि बुझाइएको छ । ३ सय पृष्ठसहितका कागजपत्र आयोग र विभागमा बुझाइएको छ ।
यसअघि पनि स्वतन्त्र सांसद सिंहविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारको अभियोगमा आयोगमा उजुरी परिसकेका छ ।
‘अक्टोपस’ भनेर चिनिएका सिंहले गलत हर्कत र पार्टीविरुद्धको आरचण गरेपछि नेपाली कांग्रेसले कारबाही गरेको थियो ।
अराजक शैलीमा प्रस्तुत हुँदै आएका सिंह आफूले कमाइ गरेको अकुत सम्पत्तिका कारण दु:ख पाउने सम्भावना बढेर गएको छ ।
अख्तियार र विभागले सांसद सिंहलाई दशैं अगाडि नै बयान लिएर हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया