दशैँको मुखमा आलेभन्दा किराँतीलाई फकाउन धेरै महँगो, प्रदीपका कर्तुतले राज्यलाई ठूलो नोक्सानी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेभन्दा अहिलेका मन्त्री सुदन किराँती निकै महँगो भएको भनेर गुनासो गर्ने गरेको चर्चा छ ।

महानिर्देशक अधिकारीले आलेभन्दा किराँती महँगो भएको भन्दै आफू निकटका कर्मचारी र साथीहरूसँग मुख छाडेर गालीगलौज गर्ने गरेको उच्च स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले निकै महँगो तनाब दिएको छ । खर्बौं रकम खर्च गरेर निर्माण भएको पोखरा विमानस्थलमा समस्याहरू देखिएका छन् । अधिकारीले अन्तर्राष्ट्रिय उडान गराउँछु भनेर ठूलै तामझाम गरेपनि आन्तरिक उडानहरू समेत प्राविधिक सामग्रीहरू बिग्रिएर फर्किनु परेका छन् ।

उता, महानिर्देशक अधिकारीले पोखरामा प्याराग्लाइडिङको लागि फेरि पुरानै ठाउँबाट दिनु परेको छ । पोखरा एयरपोर्ट साञ्चलामा अधिकारीको लहडले प्याराग्लाइडिङ हटेको थियो । अधिकारीको लहडमा प्याराग्लाइडिङ रोक्दा सयौं सर्वसाधारणले रोजगारी गुमाएका थिए । राज्यले अर्बौं राजश्व गुमाउनु परेको छ । तैपनि अधिकारीको हर्कतबाट राज्यलाई घाटा लाग्दा पनि कोही पनि बोल्दैनन् ।

खर्बौंको चीनको मिटर व्याजको ऋण लिएर बनेको पोखरा एयरपोर्टलाई अधिकारीले पंगु बनाएका छन् । प्राधिकरण र मन्त्रालयभित्र सबैले मन्त्री किराँतीलाई महानिर्देशक अधिकारीले प्रलोभनमा पारेर मातहतमा राखेको भनेर टिकाटिप्पणी गर्ने गरेका छन् । अधिकारीसँग मन्त्री किराँती ‘लुते कुकुर’ बनेर मन्त्रालयमा गएर हाजिर गरेर हिँड्ने गरेको चर्चा छ ।

गत वर्ष प्याराग्लाइडिङको लाइसेन्स प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप–सचिव प्रमोद नेपाल समातिएका थिए । महानिर्देशक अधिकारी प्याराग्लाइडिङ प्रकरणमा चोखिएका थिए । प्याराग्लाइडिङ लाइसेन्समा अधिकारीको योजनामा उप–सचिव नेपालले पैसा उठाएको र बाँडेर खाएको भन्ने आरोप पनि थियो । प्याराग्लाइडिङ प्रकरणमा महानिर्देशक अधिकारीलाई तत्कालीन मन्त्री आलेले बचाएको त्यस बेला चर्चा चलेको थियो ।

उच्च स्रोतका अनुसार एकजना महानिर्देशक अधिकारीसँग आले र किराँतीलाई टन्नै दिन पर्‍यो है भनेर सोधेका थिए । त्यसको जवाफमा महानिर्देशक अधिकारीले ‘रिपब्लिकाको र…लाई गन्न बोलाएको थियो’ भनेर जवाफ दिएको ती कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन् ।

यता, गतहप्त दम्मामको लागि उडेको नेपाल एयराइन्सको कोबिन्डिकेटर खराब भयो भनेर फिर्ता आएको करण अधिकारीले नेपाल एयरलाइन्सका २ जना वरिष्ठ कर्मचारीलाई निलम्बन गरका छन् । अधिकारीको ध्यान नै नेपाल एयरलाइन्सको साख घटाउने र हिमालयन एयरलाइन्सलाई उकास्ने रहेको भनेर प्राधिकरणभित्र चर्चा हुने गरेको छ ।

ईयूले सेफ्टी लिस्ट अडिट गरिरको बेला आफ्नै देशको नेपाल एयरलाइन्सलाई कारबही गर्दा राम्रो सन्देश गएको छैन । ग्राउण्ड ह्यान्डलिङ्ग पनि नेपाल एयरलाईन्सबाट खोसेर हिमालय एयरलाइन्सलाई दिने रणनीतिअन्तर्गत समितिमा नेपाल एयरलाइन्स सबैभन्द महंगो भनेर उल्लेख गरिएको झुटो विवरण पेश भएको चर्चा छ ।

नेपाल एयरलाइन्सको झुटो विवरण दिएर गुमराहमा राख्न खोज्ने मान्छे सरकारी निकायको कुनै पदमा बस्न मिल्दैन । मन्त्री किराँती पहिला महानिर्देशक अधिकारीको कामप्रति कडा देखिएका थिए । मन्त्री किराँतीलाई लाइनमा ल्याउन महानिर्देशक अधिकारीले निकै महँगो मूल्य चुकाउनु परेको छ । महानिर्देशक अधिकारीले आलेभन्दा किराँती निकै महँगो रहेछन् भनेर गुनासो गर्ने गरेको चर्चा छ ।

उता, गत हप्ता बिहाना ०८:५० मा रनवेमा पुगिसकेको भुटान एयरलाइन्सको काठमाडौं–दिल्ली फ्लाइटले महानिर्देशक अधिकारीले सिधै टावरमा फोन गरे रनवेबाट फिर्ता बोलाएका छन् । यसरी रनवेमा पुगिसकेको जहाजलाई आतंकवादी जानकारी भएमा मात्रै सिधैं फर्काइन्छ । यो मामलामा ३ दिन अगाडि टिकट काटेको राई थरकी महिला यात्रीलाई लिन जहाजलाई रनवेबाट फिर्ता बोलाइको छ । अधिकारीलाई कारबाही नै भएन ।

एयरपोर्टमा प्रताप तिवारी र त्यहाम्को सेक्युरिटीले खबर नै नगरी अधिकारीले सिधै टावरमा फोन गरेर एटीसीलाई अपशब्द बोल्दै ‘त्यो मु…’त्यसमै जीवन बिताइयो एटीसीले मिल्दैन भन्दा तेरो जगिर खाइदिन्छु को र…को छोरो हो भनेर गली गरेको पीडित एक कर्मचारीले बताएका छन् ।

कुनै बेला घरेलु विमानस्थललाई रत्नपार्क हैन भनेर महानिर्देशक अधिकारीले पत्रकार सम्मेलन गरेका थिए । अहिले आएर उनले अन्तर्राष्ट्रिय उडान फिर्ता गरेर एयरपोर्टलाई बसस्टप नै बनाएका छन् ।

Published : Thursday, 2023 October 12, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया