एनआरएनएको उपाध्यक्षमा रेग्मीको उम्मेदवारी घोषणा

काठमाडौं । एनआरएनएको उपाध्यक्ष पदमा राजु रेग्मी ‘राज’ले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको छ । असोजको १७ अक्टोबरदेखि २० अक्टोबरसम्म हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

उनले उपाध्यक्षमा निर्वाचित भएमा विदेशमा रहेका नेपालीहरूको पक्षमा विशेष योजना र कार्यक्रमसहित सेवा गर्ने जनाएका छन् ।

रेग्मीले समुन्नत नेपाल सम्मानित गैरअवासीय नेपाली भन्ने मूल नाराका साथ आफूलाई उम्मेदवार बनाएका छन् ।

उनले सामाजिक एकतासहितको गतिशीलता, मातृभूमिको समृभिमा हाम्रो पनि सहभागिता, एनआरएनए अभियानको बृहत रुपान्तरणसहितको मेरो प्रतिबद्धता भनेर नारा पनि बनाएका छन् ।

Published : Wednesday, 2023 October 11, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया