मन्त्री बस्नेतले वीर अस्पताललाई डुब्नबाट बचाए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताए ।

वीर अस्पतालमा २७६ जना करारका कर्मचारी थिए । उनीहरूको आर्थिक बोझ झेल्न नसकेपछि हटाइएको छ ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको मन्त्री बस्नेतले बताएका छन् ।

बस्नेतले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको बताएका छन् । उनले चाँडै नै विज्ञापनमार्फत् नयाँ नियुक्ति प्रक्रिया थालिने बताएका छन् ।

मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको बताएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले आर्थिक समस्याबाट गुज्रिएको वीर अस्पतालाई बचाउन करारका कर्मचारीहरू हटाएका छन् ।

गरिवको अस्पताल भनेर चिनिएको वीरमा क्षमताभन्दा धेरै करारका कर्मचारी कार्यरत थिए । अधिकांशलाई तोक आदेशका भरमा करारमा नियुक्त गरिएको थियो ।

Published : Tuesday, 2023 October 10, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया