सरकारी तलब खाएर पोशाकसहित सडकमा प्रदर्शन गर्ने कामचोर कर्मचारीविरुद्ध माइतीघरमा प्रतिकार
काठमाडौं । विभिन्न माग राखेर सरकारी पोशाक र परिचयपत्रसहित प्रदर्शनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरूको आन्दोलनविरुद्ध प्रतिकार भएको छ ।
सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका कामचोर सरकारी कर्मचारीहरूले ज्यादती गरेपछि सर्वसाधारणले प्रतिकार गरेका हुन् । प्रतिकार भएपछि केही समय सर्वसाधारण र सुण्डमुण्ड अराजक कर्मचारीहरूबीच धकेलाधकेल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय तहका अराजक कामचोर कर्मचारीहरूका कारण सडकमा ठूलो जाम भएको थियो । एक जना व्यक्तिले हात भाँच्चिएकी महिलालाई मोटरसाइकलमा राखेर अस्पताल लैजान लागेका थिए । महिला हात समाएर मोटरसाइकलमा बसेकी थिइन् । कर्मचारीको आन्दोलनले सडक अबरोध भएर अस्पतालतिर जान नपाएपछि ती महिला रोएर बसेकी थिइन् ।
प्रहरीले ती महिला सवार रहेको मोटरसाइकललाई आन्दोलनकारी अराजक कामचोर कर्मचारीलाई अनुरोध गरेर मोटरसाइकल पार गराउने प्रयास गरेको थियो ।
तर, सरकारी तलब खाएर अघाएका केही गुण्डा जस्ता देखिने युवाहरूले ती महिला चढेको मोटरसाइकललाई अबरोध गरेका थिए । त्यसपछि नजिकै रहेका ५०/६० जना मोटरसाइकल चालक र सर्वसाधारणहरूले ती अराजक कर्मचारीहरूको प्रतिकार गरेका थिए । प्रतिकार गर्ने क्रममा कर्मचारीहरूले सर्वसाधारणको झण्डै दनक भेटेका थिए ।
संघीय निजामती विधेयकलाई लिएर स्थानीय तहका कर्मचारीहरूले प्रदर्शन गरेका छन् । उनीहरूको आन्दोलनले लाखौँ सर्वसाधारण समस्यामा परेका छन् ।
कमचोर कर्मचारीहरूको आन्दोलन निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास गरेको छ । त्यस क्रममा कामचोर केही कर्मचारीहरू घाइते भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया