कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसको संसदीय दलको बैठक असोज २३ गते मध्यान्ह १२ बजेका लागि बोलाइएको सूचनामा उल्लेख छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

इजरायलमा भएको आक्रमणमा मृत्यु भएका नेपालीहरूका विषयमा छलफल हुनेछ । सथै उनीहरूप्रति श्रद्धाञ्जलि दिने जनाइएको छ ।

Published : Monday, 2023 October 9, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया