प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले यसरी गरे सत्ताको दुरुपयोग
काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सत्ताको भरपुर लाभ लिएका छन् ।
सुन तस्करी काण्डमा मुछिदा पनि महराले उन्मुक्ति पाएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले महरालाई सुन तस्करी काण्डमा मुद्दा नचलाउने निर्णय गरेपछि सत्ताका लाभ नेताहरूलाई कसरी हुन्छ भन्ने पुष्टि भएको छ ।
इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले आइतबार बुझाएको छ ।
सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको केन्द्रीय अनुसन्धान व्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बताएकी छिन् ।
सीआईबीले माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।
सीआईबीले राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित चार जनालाई प्रतिवादी कायम गर्न राय दिएको छ ।
भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् । सीआईबीले विद्युतीय उक्त प्रकरणमा कृष्णबहादुर महराविरुद्ध भने मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।
चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ ।
प्रहरीले ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने राय दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो । प्रकरणमा कृष्णबहादुर महराको पनि नाम मुछिएको थियो ।
कृष्णबहादुर महरालाई सुन तस्करी काण्डमा कारबाहीको माग उठ्दै आएको छ । महरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले बचाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । तर, गृहमन्त्री श्रेष्ठले बालकृष्ण खाण र कृष्णबहादुर महराप्रति राजनीतिक पूर्वाग्रही भएर भेदभाव गरेको आरोप लागेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया