सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको बैठक सम्पन्न

काठमाडौं । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ ।

भारतीय टोलीको नेतृत्वभारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सह–सचिव अनुराग श्रीवास्तवले गरेका थिए ।

नेपाली टोलीको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सह–सचिव भृगु ढुङ्गानाले गरेका छन् ।

दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदान प्रदान जस्ता विविध विषयवस्तुमा छलफल भएको थियो ।

द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवर्धन हेतु सन् २००३ मा स्थापना गरिएको यो भारत–नेपाल द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो ।

Published : Saturday, 2023 October 7, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया