सल्यानमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १४ जना घाइते
घोराही । सल्यान जिल्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।
शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेमा दाङको तुलसीपुर उप–महानगरपालिका–६ निवासी ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका–६ की ४० वर्षीया अनिता बोहरा रहेका छन् ।
तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका–३ मूलपानीनजिकै शनिबार दुर्घटना भएको थियो ।
दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिएका छन् ।
घाइतेलाई प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।
Published : Saturday, 2023 October 7, 10:21 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया