साठी किलो सुन काण्डमा रुक्मिणी बाहेक सबैलाई थुनामा पठाउने आदेश, जगन्नाथदेवलमा राखिने
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी काण्डका २५ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
शुक्रबार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जना प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले एक जनालाई धरौटीमा छाड्न आदेश भएको बताएका छन् ।
भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, चिनियाँ नागरिकहरू याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग लाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
कृष्णकुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतमलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
अदालतले दोलखाको मेलुङ गाउँपालिका–३का रामकुमार भुजेल, सोही ठाउँका दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी मानिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा वीरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
सुन प्रकरणमा २६ जना थुनामा रहेकोमा भन्सार एजेन्ट रुक्मणि सुब्बालाई भने ५ लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया