जलहरी प्रकरणमा सुनको तौलमाथि कांग्रेस सांसद खतिवडाले प्रश्न उठाए, ओलीको जवाफ माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जलहरी प्रकरणमा सुनको परिमाणको तथ्याङ्कबारे प्रश्न उठाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले जलहरी प्रकरणमा अनुसन्धान गर्ने निकायहरूबीच फरक फरक कुरा आएको भन्दै चिन्ता जनाएका हुन् ।
‘जलहरी प्रकरणमा कहिले महालेखाले दश किलो सुन पुगेन भन्छ । अख्तियारले एक किलो पुगेन भन्छ । फेरि जोख्छ ५ सय ग्राम पुगेन भन्छ । खोज्दा त्यहाँ ५० ग्राम भेटिन्छ । यो के हो ?’, उनले भने ।
‘अरु बेला बुरुक बुरुक सुन काण्डमा उफ्रिनेहरू जहरीमा किन चुप लागेको हो ?’, एमालेका अध्यक्ष केपी ओलीप्रति प्रश्न गर्दै खतिवडाले भने ।
सांसद खतिवडाले सदियौँदेखि सामाजमा मिलेर बसेका नेपालीहरूमा विभाजन गर्न खोजेको भन्दै त्यस्ता तत्वको पहिचान गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘आज देशमा कोही मारवाडीलाई लखेटौँ भन्छन् । कोही नेपालीलाई लखेटौँ भन्छन् । कोही हिन्दुलाई लखेटौँ भन्छन् । कोही मुस्लिम, क्रिश्चियन र बौद्धलाई लखेटौँ भन्छन् ।’
‘यसरी मुलुक कहाँ जान्छ ? हामी सयौँ वर्षदेखि एकता सद्भाव कायम गरेर बसेका नेपालीलाई यो विभेदको नीति लिन कसले लगायो यसमा गम्भीर रुपमा सोँच्नुपर्छ । एकताको सन्देश सर्वपक्षीय रुपमा दिनुपर्छ’, उनले भने ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतवडाले सडकहरूमा ठूला ठूला खाल्डाखुल्डी रहेको भन्दै मर्मत सम्भारका लागि माग गरेका छन् ।
उनले भने, ‘चाढपर्वको समय आयो । खाल्डाखुल्डीमा सवारी साधन होइन मान्छे नै डुब्न र पुरिन लागिसके । सम्पूर्ण देशका खाल्टाखुल्टी पुर्ने काममा सरकार लागेस् ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया