कोइरालाको ९० लाख गैरकानूनी सम्पत्ति, गीतको खातामा पैसा भेटियो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा एकजना अहेवविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्याङजाको चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोइरालामाथि ९० लाख ३९ हजार ६२० रुपियाँ गैरकानूनी रुपमा आर्जज गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ९० लाख ३९ हजार ६२० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत तथा असुलसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
अहेब कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोइराला समेतको नाममा बैंक खातामा जम्मा गरेको पाइएको छ ।
अख्तियारले गीता कोइरालालाईसमेत प्रतिवादी कायम गरी आरोप–पत्र दायर गरेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया