दाङको बजेट सार्ने षड्यन्त्र भएपछि कांग्रेसका दीपक गिरीले सरकारलाई सचेत गराए
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले रक्षाचौर–हापुर–घोराही सडकको बजेट अन्यत्र सार्न लागेको सूचना पाएको भन्दै विरोध गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले रातो किताबमा परेको बजेटलाई जुन सडकमा परेको हो सोही सडकमा खर्च गर्न माग गरे । उनले बजेटलाई अन्यत्र सार्ने काम भयो भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी लिन तयारी अवस्थामा बस्न सचेत गराएका छन् ।
उनले भने, रातो किताबमा उल्लेखित बजेट । दाङको रक्षाचौर आँखा अस्पताल हुँदै घोराही–हापुर जाने बाटोमा १४ करोड ४० लाख बजेट रातो किताबमा उल्लेखित छ ।’
सांसद गिरीले भने, ‘केही कमिशनखोर षड्यन्त्रकारीहरूले त्यो बाटोको बजेट सार्ने षड्यन्त्र भएको छभन्ने सुनेको छु ।
सरकारलाई चेतावनी दिन चाहन्छु । बजेटलाई अन्यत्र सार्ने काम नहोस् । होइन भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित पक्ष हुनेछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया