मुस्ताङमा कृषि तथा पर्यटन महोत्सव, घरपझोङको भवनको पनि उद्घाटन
काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् ।
बिहीबार मुख्यमन्त्री पाण्डेले भवनको उद्घाटन गरेका हुन् । भवनलाई ७ करोड ५९ लाख रुपियाँमा निर्माण भएको थियो ।
गाउँपालिकाको भवन बनेपछि जनतालाई सेवा प्रवाहमा सहज हुने मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
बिहीबारदेखि मुस्ताङमा सुरू भएको कृषि तथा पर्यटन महोत्सवको पनि मुख्यमन्त्री पाण्डेले शुभारम्भ गरेका छन् ।
मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेशभित्रका हिमाली क्षेत्रको बिकासका लागि सरकारले बजेटमा प्राथमिकता दिएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
उनले मुस्ताङको विकासका लागि धार्मिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । मुक्तिनाथ, कागबेनीको प्रवर्द्धन र विकास जरुरी रहेको पाण्डेले बताए ।
प्रदेश सरकारले मुस्ताङ जिल्लाको लागि यस वर्ष ८० करोड विकास बजेट बिनियोजन गरेको र आगामी वर्ष यो बजेट एक अर्ब पुग्ने पाण्डले बताएका छन् ।
मुस्ताङसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पाण्डेले अहिलेको भन्दा ४८ किलोमिटर छोटो दुरीको वीरेठाँटी, म्याग्दी, घोरेपानी हुँदै तातोपानी जोड्ने सडकका लागि १० करोडमा बहुवर्षीय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु गरिने बताए ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद योगेश गौचन थकाली, प्रदेश सांसदसहितका स्थानीयको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया