रोल्पाको गंगादेवका तत्कालीन हाकिमसहित १३ जनालाई भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बुधबार आयोगले विशेष अदालतमा १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । गंगादेव गाउँपालिकाको वडा नम्बर २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको भन्ने उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान हुँदा अख्तियारले १३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत (सहायक पाँचौ) कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरूद्ध मुद्दा दायर भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी, कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रीता घर्ती, वडा नम्बर २का तत्कालीन वडाध्यक्ष भुपाल दमाइ, वडासदस्य टीका विक, तत्कालीन वडासदस्य गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरूद्ध मुद्दा दायर छ ।

आर्थिक वर्ष २०७६/०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबीच सम्झौता समेत भएको थियो ।

योजनाको वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको भनेर उनीहरूले गलत प्रतिवेदन दिएका थिए । झुट्टा बिल भरपाइ गरी ४ लाख ६६ हजार ४८८ रुपियाँ बढी भुक्तानी लिएर हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ ।

रकम बिगो कायम गरी अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र जरिवानाको मागदाबी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०८०।०६।१७  गते ।

प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला रोल्पा, गंगादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हँदा जिल्ला रोल्पा, गंगादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनाको लागि आ.व. २०७6/०७7 मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन एवं उपभोक्ता समितिबिच सम्झौता भई उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार गरी गराई सोही वमोजिमको झुट्टा बिल भरपाई तयार गरी गर्न लगाई भए गरेको कार्यभन्दा बढी भुक्तानी नै गर्न नमिल्ने रकम रु.4,66,488।98 (चार लाख छैसट्ठी हजार चार सय अठासी रुपैयाँ पैसा अन्ठानब्बे) भुक्तानी दिई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने बद्‌नियतले उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको हुँदा उल्लिखित भ्रष्टाचार कसुरमा संलग्न प्रतिवादीहरुउपर देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।

देहाय :

सि.नंनामथरकार्यालयबिगो रु.कसुर तथा सजायको मागदाबी
 तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकल देव यादव र योजना अधिकृत (सहायक पाँचौ) कृष्ण बहादुर घर्तीगंगादेव गाउँपालिका, रोल्पारु.4,66,488।98भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी निजहरुबाट बिगो असुलउपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुनसमेत मागदावी लिइएको छ।
 तत्कालीन इन्जिनियर नविन डाँगी, सव-इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाई टेक्निसियन बल बहादुर बस्नेतगंगादेव गाउँपालिका, रोल्पारु.4,66,488।98भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी निजहरुबाट बिगो असुलउपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुनसमेत मागदावी लिइएको छ।
 उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, सचिव खडक बहादुर डाँगी र कोषाध्यक्ष चन्द्र कुमारी डाँगीघोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजना उपभोक्ता समितिरु.4,66,488।98भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदावी लिइएको छ।  
 तत्कालीन उपाध्यक्ष रिता घर्तीगंगादेव गाउँपालिका, रोल्पाभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय समेत हुन मागदावी लिइएको छ।
 वडा नं. २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई र वडा सदस्य टिका वि.क.गंगादेव गाउँपालिका, रोल्पाभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय समेत हुन मागदावी लिइएको छ।
 वडा नं. २ का तत्कालीन वडा सदस्य गन बहादुर भण्डारी, वडा सचिव कुल बहादुर योगीगंगादेव गाउँपालिका, रोल्पाभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय समेत हुन मागदावी लिइएको छ।

प्रवक्ता
भोला दाहाल

Published : Wednesday, 2023 October 4, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया