गायिका दिलमाया खातीको सिलगुढीमा निधन

काठमाडौं । गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा सिलगुढीमा निधन भएको छ ।

लामो समयदेखि दम रोगबाट पीडित खातीको मंगलबार राति भारतको सिलगुढीमा निधन भएको छ । उनले करिब डेढ सय बढी नेपाली गीत गाएकी छिन् ।

उनी सन् १९३९ अक्टुबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी हुन् । दिलमायालाई मेलोडी मुन भनेर पनि चिनिन्छ ।

गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन् । बिछोडको पीड नसकी खप्न दसैंको बेलामा, सम्झेर बुझेर दिइहाल त्यो जोवन, खोलाको दुई किनारा भव तिम्रो र मेरो पिरती लगायत उनका चर्चित गीतहरू छन् ।

उनी देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

Published : Wednesday, 2023 October 4, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया