तस्करीमा मुछिएपछि एसपी भारती र डीएसपी खड्का तानिए, अनुसन्धान हुँदै
काठमाडौं । सशस्त्र प्रहरी बल गण नम्बर ७ सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रमोद भारतीलाई सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास तानिएको छ ।
सिरहामा चार दिनमा ठूलो परिमाणमा अवैध कपडा बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक भारती बाहिनीमा तानिएका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डीआईजी दीपेन्द्र शाहले आवश्यक सोधपुछका लागि भारतीलाई बोलाइएको बताएका छन् । उनले दोषी मानिए कारबाही गर्ने बताएका छन् ।
गण नम्बर ७ मा डीएसपी दीपेन्द्र थापालाई पठाइएको छ । सशस्त्र एसपी भारतीसँगै अन्य केही सशस्त्र प्रहरी अधिकारीलाई पनि सिरहाबाट बाहिनीमा सोधपुछका लागि तानिएको छ ।
सशस्त्र प्रहरी बल माडर सिरहामा रहेका डीएसपी रामहरि खड्का पनि बाहिनी तानिएका छन् । सिरहामा दैनिकरुपमा अवैध कपडा बरामद हुन थालेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया