सर्वोच्च अदालत र नापी विभागद्वारा ठूलो संख्यामा कर्मचारीको सरुवा

काठमाडौं । नापी विभाग र न्यालयका कर्मचराीहरूको ठूलो संख्यामा कर्मचारीहरूको सरुवा भएको छ ।

नापी विभागले नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारीको सरुवा गरेको छ ।

विभागले ७ जना नापी अधिकृतको पदस्थापन गरेको जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८० समेतका आधारमा सरुवा गरेको विभागले जनाएको छ ।

उता, सर्वोच्च अदालतले नायव सुब्बा (नासु)हरूसहित राजपत्र अनङ्कित कर्मचारीहरूको सरुवा तथा काज खटाइएको छ ।

सर्वोच्च तथा मातहतका निकायमा कार्यरत नायब सुब्बा, सर्भेक्षक, डिट्ठा र तामेलदारको सरुवा गरेको छ । नासु, सर्भेक्षक, पुस्तकालय सहायक, कम्प्युटर अपरेटर, डिट्ठा र तामेलदारलाई काजमा पठाएको सर्वोच्चले जनाएको छ ।

Published : Tuesday, 2023 October 3, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया