जापानको नाममा कीर्ते गतिविधि गर्ने १४ मेनपावर कम्पनीलाई कारबाही
काठमाडौं । वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई जापान पठाउन कीर्ते गतिविधि गर्ने १४ मेनपावर कम्पनी निलम्बन गरेको छ ।
सोमबार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको हो ।
केही महिना अगाडि विभागमा उजुरी परेको थियो । प्रारम्भीक अनुसन्धानमा १४ मेनपावरको कीर्तेमा संलग्नता देखिएको विभागले जनाएको छ । कीर्ते गर्ने ती मेनपावरलाई विभागले निलम्बन गरेको छ ।
निलम्बनमा पर्नेहरूमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, लायन्स इन्टरनेशनल लगायतका १४ वटा मेनपावर कम्पनी रहेका छन् ।
विभागका महानिर्देशक मदन दाहालले जापानमा कामदार लैजानका लागि उनीहरूले नक्कली कागजात पेश गरेको बताएका छन् ।
२०७६ सालदेखि केही वर्षभित्रमा यस्तो खालको शंकास्पद कागजात पेश गरेको पाइएको उनीहरूमाथि थप अनुसन्धान जारी रहेको उनले बताए ।
जापानका कामदार भिसामा पठाउनको लागि भन्दै ती मेनपावर व्यवसायीले तालिम लिएको नक्कली प्रमाणपत्र पेश गरेका थिए ।
यो विषयमा विभागमा उजुरी परेपछि विभागका निर्देशक कविराज उप्रेतीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिको छानबिनको निष्कर्षको आधारमा विभागले निलम्बन गरेर थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया