उत्तर प्रदेशमा विवाद भइ गोली चल्दा छ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको दैनिक जागरणले जनाएको छ ।

समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो ।

बिहान उनीहरूबीच पुन: विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको थियो । गोली लागेर एकै परिवारका ६ जनाको ज्यान गएको छ ।

एकै परिवारका ६ जनाको हत्या भएपछि गाउँमा सन्नाटा छाएको छ ।

Published : Monday, 2023 October 2, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया