तरुण दलद्वारा सिन्धुपाल्चोकमा घनश्यामको परिवारलाई राहत प्रदान
काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोकले घरमा आगलागी भएका पीडित परिवारलाई राहत सहयोग गरेको छ ।
हेलम्बु– ६ लप्सेटोलका घनश्याम गजुरेलको परिवारलाई नेपाल तरुण दलका नेताहरूले राहत उपलब्ध गराएका हुन् ।
असोज ११ गते घरमा आगलागी हुँदा अन्नपात, खाद्यान्न र पकाएर खाने भाँडा जलेर नस्ट भएका थिए ।
नेपाली कांग्रेसको महासमिति सदस्य एवम् नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत खड्का, नेपाल तरुण दल केन्द्रीय सदस्य सुनिल दोङ, नेपाल तरुण दल सिन्धुपाल्चोक प्रदेश सभा २(१) का अध्यक्ष अमृत खड्का, प्रदेश सभा २(२) अध्यक्ष फुर्वा, नेपाल तरुण दल मेलम्ची नगरका अध्यक्ष श्याम लामा, नेपाल तरुण दल पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष राजु दोङ लगायत तरुण नेताहरूको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2023 October 1, 11:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया