बागमती नदीको तीनकुने पुलबाट मोटरसाइकल खस्यो, एकजनाको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती नदीको पुलबाट मोटरसाइकल बागमती नदीमा खसेर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्घटनामा भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ ।
गुरुङ मोटरसाइकलको पछाडि बसेर सवारी गरेका थिए । मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
Published : Sunday, 2023 October 1, 11:13 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया