ओखलढुंगा कांग्रेसका नेता खनालको काठमाडौंमा निधन, रामहरि खतिवडाद्वारा दु:ख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ ।
आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ७३ वर्षीय खनालको निधन भएको जानकारी प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले सामाजिक सञ्जालमार्फत दिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले खनालको आइतबार बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको जनाएका छन् ।
खनाल दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित थिए । नेपाली कांग्रेसका पुराना नेता खनाल इमान्दार छवि भएका नेताको रूपमा परिचित थिए ।
सभापति खतिवडाले खनालको निधनबाट दु:ख व्यक्त गरेका छन् । उनले भने, ‘ओखलढुंगाका राजनीतिक मियो । हामीले सदाका लागि गुमाएका छौँ । हिजो (शनिबार) बिहान अस्पतालमा गएको थिएँ । अवस्था नाजुक थियो । आज विदेश छु ।’
‘उहाँको आत्माले शान्ति पाओस्, परिवारलाई धैर्य धारण गर्ने क्षमता मिलोस् । डिल्ली राम खनाल काका प्रति हार्दिक श्रद्धाञ्जलि ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया