हुलाकी राजमार्ग छिट्टै सम्पन्न गर्ने योजना छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रुपले उदय हुँदै गएको बताएका छन् ।

शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभामालाई सम्बोधन गर्दै मन्त्री डा.महतले भने– ‘धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा परिचित जनकपुर अब आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको आधार देखिन थालेको छ ।’

जनकपुरमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको उनले बताए । डा.महतले भने, ‘धार्मिक पर्यटनमार्फत् नै यो क्षेत्रको उत्थान हुन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यो कामलाई अगाडि बढाउन प्रतिवद्ध छ ।’

उनले भने, ‘यो सम्भावना पूरिपूर्ति गर्न सरकार सक्रिय रहन्छ । मधेशमा भौतिक पूर्वाधारमा सरकारले ठूलै लगानी गरेको छ । सरकारले आउँदा दिनमा अझ बढी लगानी गर्नेछ ।’

‘पूर्व–पश्चिम राजमार्ग ६ लेन हुँदैन, त्यसले पनि आर्थिक गतिविधिलाई मद्दत गर्छ’, उनले भने, ‘हुलाकी राजमार्ग छिट्टै सम्पन्न गर्ने योजनामा सरकार छ ।’

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व युवा शक्तिले नेतृत्व लिएकोमा मन्त्री डा.महतले खुशी व्यक्त गरे । ‘अहिलेको नेतृत्व केही गरौं भन्ने भावनाले ओतप्रोत हुनुहुन्छ । साथीहरुले थोरै सहज अवस्था भयो भने यहाँ उद्योग व्यवसाय फस्टाउँछ भने, यसले मलाई उत्साहित बनाएको छ ।’

उनले भने, ‘हाम्रो अर्थतन्त्रमा समस्या छन्, तर समस्या विस्तारै न्यून हुने बाटोमा अग्रसर छ । परिणाम आउन केही समय लाग्छ । सुरुवात भएको छ ।’

‘अब सकरात्मक बहसको आवश्यकता छ’, मन्त्री डा.महतले भने, ‘अब मधेश प्रदेशमा केही हुन्छ भन्ने आत्मविश्वास बढाउनुपर्छ ।’

Published : Saturday, 2023 September 30, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया