क्यानडाले उत्पात मच्चाइरहेका बेला भारत र अमेरिकी विदेशमन्त्रीबीच वार्ता
लण्डन । क्यानडासँग तनाब भइरहेका बेला भारतीय विदेशमन्त्री एस.जयशंकरले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गरेका छन् ।
खालिस्तानी अभियानका हरदीपसिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच तनाव चर्केको छ । तनाब भइरहेका बेला भारतले अमेरिकासँग परामर्श गरेको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नयाँदिल्लीमा हालै सम्पन्न जी–२० शिखर सम्मेलन र न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ७८औँ महासभाबारे छलफल भएको बताएका छन् ।
निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको विवादबारे दुवै नेताले कुनै शब्द बोलेनन् ।
दुवै नेताले त्यहाँ ‘के क्यानडाले तपाईंको सम्बन्धलाई असर गरिरहेको छ ?’ भनेर सोधिएको प्रश्नमा कुनै जवाफ दिएनन् ।
रोचक कुरा के भने, बिहीबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जयशंकरसँगको भेटमा ब्लिन्केनले निज्जरको हत्याको कुरा उठाउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया