चिकित्सक र अस्पतालको सुरक्षाका लागि स्वास्थ्यमन्त्री बस्नेतले ल्याए योजना

काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलले असुरक्षित ठानिएका चिकित्सक र अस्पतालमा ६ देखि ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने निर्णय भएको बताएका छन् ।

समितिको बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराएका छन् ।

पछिललो समय देशका विभिन्न ठाउँमा रहेका अस्पतालमा चिकित्सकहरूमाथि आक्रमण हुने क्रम बढ्दो छ ।

सुरक्षाको माग राखेर चिकित्सकहरू आन्दोलनमा छन् । उपचारका क्रममा चिकित्सकहरूको लापरबाहीले बिरामीको धमाधम मृत्यु हुन थालेपछि आफन्तले चिकित्सकहरूलाई दनक दिन थालेका छन् ।

Published : Friday, 2023 September 29, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया