श्री एयरलाइन्सको जहाजमा समस्या, फ्युल सिध्याएर अवतरण

काठमाडौं । श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ आकस्मिक अवतरण गराइएको छ ।

शुक्रबार बिहान माउन्टेन फ्लाइटका लागि काठमाडौंबाट ४२ जना यात्रु लिएर उडेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गराइएको छ ।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरसँग जहाज आकस्मिक अवतरण हुनुको कारणबारे जानकारी लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनले श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि जहाजलाई त्रिभुवन विमानस्थलमा फिर्ता ल्याएर सकुशल अवतरण गरिएको जनाएको छ । जहाजमा भएको खराबी र समस्यका बारेमा विमानस्थल र श्री एयरलाइन्सले केही भनेको छैन ।

श्री एयरलाइन्सको जहाज उडेको केही समयमै बाँयातर्फको इञ्जिनमा समस्या आएको स्रोतले जनाएको छ । जहाजलाई लामो समय आकाश उडाएर इन्धन खाली गरेर जहाजलाई अवतरण गराइएको छ ।

Published : Friday, 2023 September 29, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया