गोरु काटेर सामूहिक भोज खाने गिरोहका नाइके पक्राउ
काठमाडौं । खोटाङ जिल्लामा गोरु काटेर सामूहिक भोज खाएको आरोपमा प्रहरीले २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा प्रहरीले रावाबेंसी गाउँपालिका–६ हौँचुरका गुरुङलाई मंगलबार पक्राउ गरेको छ ।
गुरुङ लगायत स्थानीयले गोरु काटेर सामूहिक भोज खाएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले बताएका छन् ।
गुरुङलाई गोरु काटेर खाएको पुष्टि भएमा कानून बमोजिम कारबाही हुनेछ । गोरु काटेर खाएको भिडियो उनले सामाजिक सञ्जालमा हालेका थिए ।
मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले सोमबार सांस्कृतिक क्रान्ति भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा गोरु काटेर भोज खाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा आएको थियो ।
मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले यसअघि पनि सुनसरी, झापा लगायत जिल्लामा गोरु काटेर सामूहिक भोज गरेका भिडिओ आएका छन् ।
मङ्गोल नेसनल अर्गनाइशसनका खोटाङ इन्चार्ज टंकबहादुर मगरले उक्त घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया