सुन प्रकरणको अभियोग पत्रमा व्यवसायी जीवन चलाउनेको नाम जबरजस्ती राखियो
काठमाडौं । व्यवसायी जीवन चलाउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले करीव ६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा सबैभन्दा पुछारमा प्रतिवादी बनाएको छ ।
सुन प्रकरणमा मुख्य नाइके भनिएका बेल्जियमका नागरिक हाल काठमाडौंमा नेपाली मूलकी पत्नी अमला रोकामार्फत होटल व्यवसाय गर्दै आएका दावा छिरिङसँग विभिन्न माध्यमबाट सम्पर्क र कुराकानी भएको आधारमा सीआईबीले प्रतिवादी बनाएको छ ।
दावा र जीवनबीच विभिन्न व्यावसायिक विषयमा कुराकानी भए पनि सुन तस्करी प्रकरणमा कुराकानी नभएको दाबी जीवनले गरेका छन् । सम्पर्क वा कुराकानी भएकै आधारमा सीआईबीले प्रतिवेदन बनाएपछि चिन्ताको विषय बनेको छ ।
सीआईबी निकट उच्च स्रोतका अनुसार शुरुमा जीवनलाई सुन प्रकरणमा प्रतिवादी नबनाउने निर्णय भएको थियो । पछि सीआईबीले तयार पारेको प्रतिवेदनमा पुछारबाट दोस्रोमा जीवनको नाम राखिएको थियो ।
जीवनले सुन प्रकरणमा आफूलाई प्रहरीले प्रतिवादी बनाएको भन्दै चिन्ता जनाएका छन् । उनले प्रहरी प्रशासनलाई सधैँ सहयोग गर्दै आएको व्यक्तिलाई संलग्नता नै नरहेको विषयमा जोडेको बताएका छन् । जीवनले न्यायालयबाट न्याय पाउने बताएका छन् ।
युवा व्यवसायी जीवनलाई व्यक्तिगत रिसिइबीका कारण केही व्यक्तिले सुन तस्करी प्रकरणमा जबरजस्ती नाम समावेश गराउन लगाएको आरोप छ ।
सीआईबीलाई जीवन सुन तस्करी प्रकरणमा संलग्न छैनन् भन्ने पनि राम्रोसँग जानकारी छ । जीवनले सीआईबीमा पुगेर बयान दिएर प्रहरीलाई अनुसन्धानमा सहयोग पनि गरेका छन् । बयानका क्रममा उनले सुन तस्करी प्रकरणमा कुनै संलग्नता नरहेको बताएका छन् ।
सुन तस्करी काण्डका मुख्य नाइके भनिएका दावाले पनि सीआईबीसँगको बयानमा जीवनको सुन प्रकरणमा कुनै संलग्नता नरहेको बताएको प्रहरी स्रोतले जनाएको छ । दावाले जीवनसँग चिनजान रहेको र अन्य विभिन्न पेशा व्यवसायमा कुराकानी र लेनदेन हुने गरेको बयानमा भनेका छन् ।
जीवनले पनि दावासँग आफ्नो चिनजान रहेको र सुन तस्करीमा कुनै संलग्नता नरहेको बयान सीआईबीलाई दिएका छन् ।
बर्दिया जिल्ला स्थायी घर भइ हाल काठमाडौंमा चामलसहित खाद्यान्न लगायतका व्यवसाय गर्दै आएका जीवनमाथि व्यक्तिगत दुश्मनी र राजनीतिक प्रतिशोध लिनका लागि अभियोग पत्रमा जबरजस्ती नाम राखिएको आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया