मुख्यमन्त्री चौधरीको प्रमुख सल्लाहकारमा बस्नेत नियुक्त, सहायक मन्त्री सरहको सुविधा
मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेतलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
बस्नेतले आइतबार देउखुरीको मसुरियास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गरेका छन् । बस्नेतले सहायक मन्त्री सरहको सेवा सुविधा पाउने छन् ।
मुख्यमन्त्री चौधरीले भदौ ३१ गतेको मिति राखेर बस्नेतलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
दाङको देउखुरीस्थित राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्वन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची–२ बमोजिम नियुक्ति गरिएको छ ।
Published : Sunday, 2023 September 24, 6:11 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया