संघीय प्रणाली राष्ट्रिय सुरक्षाको दृष्टिले खतरा : शंकर भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको बताएका छन् ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै भण्डारीले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ ।’
‘म महामन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु । हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरू हौं । देशभर पार्टीका साथीहरूको आवाज हो’, उनले भने, ‘आगामी महासमितिको बैठकमा यसलाई मूल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला । नत्र धेरै अफ्ठ्यारो पर्नेछ ।’
उनले अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुर्नविचार गर्नुपर्ने बताएका छन् ।
‘यो संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा छ’, भण्डारीले भनेका छन् ।
‘यसबारेमा पार्टीले गम्भीर विचार गर्नुपर्छ । हामीले राष्ट्रिय स्वाधीनता र अखण्डताको कुरा गरिराखेका छौं’, उनले भने, ‘केही नेताहरूको बाध्यता होला ।’
नेता भण्डारीले भने, ‘संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टीकोणले खतरा छ ।’
उनले सनातनीहरूलाई जिस्काउने अपमानित गर्ने समग्र रुपमा नस्ट गर्ने कुरा भइरहेको बताएका छन् ।
‘सरकार के हेर बसिरहको छ ? यसमा हाम्रो पार्टीको धारणा के हो ? आज देशमा जात र धर्मको नाममा युद्ध हुने अवस्था आइरहेको छ’, उनले भने ।
‘कांग्रेस के हेरेर बसेको छ ? यस विषयमा गम्भीर बन्न पर्दैन ?’, भण्डारीले भने ।
नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने विषय आएको हुँदा यस विषयमा सरकारसँग स्पष्ट जानकारी लिनुपर्ने नेता भण्डारीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया