संविधानमा व्यवस्था भएअनुसार आधारभूत स्वास्थ्य सेवा सुलभ र नि:शुल्क बनाएको छु : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा व्यवस्था भएअनुसार आभारभूत सेवा दिन शुरु गरेको बताएका छन् ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बस्नेतले वडाको सिफारिसमा सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा नि:शुल्क पाउने व्यवस्था गरेको बताए ।

उनले भने, ‘संविधानमा व्यवस्था भएअनुसारको आधारभूत स्वास्थ्य सेवा सुलभ तरिकाले दिएर मात्रै हुँदैन । मैले नि:शुल्क सेवा शुरु गरेको छु ।’

‘३ हजार ५ सय २३ बेड संख्या नि:शुल्क गरिएको छ । दश प्रतिशत बेड छुट्याउन भनेको छु’, बस्नेतले भने, ‘वडाको सिफारिसमा त्यो सुविधा पाइनेछ ।’

मन्त्री बस्नेतले चिकित्सकहरूको आन्दोलनलाई वार्ता र सम्वादबाट समाधान गरिएको बताए । उनले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाप्रति सरकार सजग रहेको बताए ।

Published : Friday, 2023 September 22, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया