बालबन्दीहरूबीच झडप, एक जनाको मृत्यु, १० जना घाइते
काठमाडौं । बाँके जिल्लास्थित जयेन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा एक जना बालबन्दीको मृत्यु भएको छ ।
बिहीबार राति आपसी विवाद भई झडप हुँदा रूपन्देही वतन भएका १८ वर्षीय बालबन्दीको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । झडपमा १० जना घाइते भएका छन् ।
डुडुवा गाउँपालिका–६ आसमानपुरको हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच बिहीबार राति आपसी विवाद भई झडप भएको थियो ।
गृहमा २ सय ५४ जना बालबन्दीहरू रहेका छन् । सुधार गृहमा बालबन्दीहरूबीच झडप भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको टोलीले घाइतेहरूलाई नर्सिङहोम नेपालगंज लगेको थियो ।
ती बालबन्दीको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य १० जना घाइतेको उपचार भइरहेको छ । झडपका क्रममा फरार रहेका २५ जनालाई खोजी गर्ने क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ ।
सुधार गृह भवन, सवारी साधनहरूमा तोडफोड हुनुका साथै कागजपत्र र फर्निचरमा समेत क्षति पुगेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया