कैलाली, कञ्चनपुमा भारतले बनाइदियो विद्यालय र क्याम्पसका भवन, राजदूतद्वारा जाँच चौकी परियोजनास्थलको भ्रमण
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्ताले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाको भ्रमण गरेका छन् ।
श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगार्थ कूल नेरु ९.०८ करोडको लागतमा निर्मित एक क्याम्पस भवन र दुई वटा विद्यालय भवन गरी तीन वटा सामुदायिक विकास परियोजनाको उद्घाटन गरेका छन् ।
ती परियोजना सम्बन्धित जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । टीकापुर बहुमुखी क्याम्पस (नेरु. ३.५२ करोड) टीकापुर नगरपालिका, कैलाली, पशुपति शिक्षा मन्दिर (नेरु.२.६४ करोड) बेलौरी नगरपालिका र शिद्धनाथ माध्यमिक विद्यालय (नेरु. २.९२ करोड) भिमदत्त नगरपालिका, कञ्चनपुरमा उद्घाटन गरेर हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उद्घाटन समारोहमा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, क्याम्पस र विद्यालयका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो ।
यी शैक्षिक संस्थामा कैलाली र कञ्चनपुर जिल्लाका करिब २५०० जना विद्यार्थी अध्ययनरत छन् । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव समुदायिक विकास परियोजनाको रुपमा निर्माण भएका यी परियोजनाले त्यस क्षेत्रका युवाको हितका लागि शैक्षिक पूर्वाधारको विकासमा टेवा पुर्याउनेछ ।
कैलाली र कञ्चनपुरका जिल्ला समन्वय समितिले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।
भ्रमणका क्रममा राजदूत श्रीवास्तवले कञ्चनपुरका सांसद रमेश लेखक र स्थानीय सरकारका पदाधिकारीसँग दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी परियोजनास्थलको पनि भ्रमण गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारत सरकारको अनुदान सहयोगमा उक्त जाँच चौकीको निर्माण हेतु एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
एकीकृत जाँच चौकीको निर्माणले भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सुदूरपश्चिम प्रदेशलाई यो परियोजनाले विशेष लाभान्वित तुल्याउने भारतीय राजदूतावासले जनाएको छ ।
राजदूत श्रीवास्तवले नेपाल–भारत मैत्री संघ र स्थानीय वाणिज्य संघका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा राजदूत श्रीवास्तवले मैत्री संघ र वाणिज्य संघले भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई प्रवर्धनका लागि गरेको योगदानको प्रशंसा गरेका छन् ।
उनले जनता–जनाताबीचको सम्बन्ध र आर्थिक सम्पर्कमार्फत दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउने उपायबारे पनि छलफल गरेका छन् ।
भारत र नेपालबीच बलियो विकास साझेदारी रहेको उल्लेख गर्दै श्रीवास्तवले नेपाल सरकारले तय गरेका प्राथमिकताअनुरुप र दुवै देशका जनताको हितका निमित्त यो साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताएका छन् ।
सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् ।
तीमध्ये कैलाली जिल्लाका ८ र कञ्चनपुर जिल्लाका १० गरी सुदूरपश्चिम प्रदेशमा ४० वटा रहेका छन् ।
भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
भारतले हालसम्म कैलाली जिल्लालाई १० वटा एम्बुलेन्स र १० वटा स्कुलबस र कञ्चनपुर जिल्लालाई १४ वटा एम्बुलेन्स र २ वटा स्कुलबस उपलब्ध गराइसकेको छ ।
यी परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुको साथै यसले शिक्षा पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया