टोकियोमा सभापति डा.राणा, शिक्षासम्बन्धी कार्यक्रममा सहभागी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा एशियन पिपलको कल्याण र शिक्षाको आधार कार्यक्रममा सहभागी भएकी छिन् ।

जापानको राजधानी टोकियोमा भएको कार्यक्रममा डा.राणा सहभागी भएकी छिन् । उनलाई कार्यक्रममा विशेष निमन्त्रणा गरिएको छ । नेपाली समयअनुसार मंगलबार भएको कार्यक्रममा नेतृ डा.राणा कार्यक्रममा सहभागी भएकी छिन् ।

सेप्टेम्बर १२ देखि १४ सम्म कार्यक्रम हुनेछ । कार्यक्रममा डा.राणाले आफ्नो तर्फबाट सम्बोधन गर्नेछिन् ।

कार्यक्रममा सहभागी हुन टोकियो पुगेकी प्रतिनिधि सभाकी सांसद डा.राणाले जापानमा रहेका नेपालीहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

Published : Tuesday, 2023 September 12, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया