समानुपातिक प्रदेश सांसदको निधन
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।
मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा यादवको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको लामो समयदेखि उपचार चलिरहेको थियो ।
सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन् ।
Published : Tuesday, 2023 September 12, 12:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया