घरको शौचालयमा बेहोस अवस्थामा थिए नेम्वाङ, श्रद्धान्जलिपछि पशुपति आर्यघाट लगिने
काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बेहोस अवस्थामा फेला परेका छन् ।
आफ्नै घरभित्र रहेको शौचालयमा नेम्वाङ बिहान करीव १ बजे बेहोस अवस्थामा फेला परेका हुन् । त्यसपछि परिवारका सदस्यले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएका थिए ।
अस्पताल पुर्याउँदा नेम्वाङको बाटोमै निधन भइसकेको अनुमान आफन्तहरू छ ।
तैपनि चिकित्सकहरूले बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा मंगलबार बिहान ०१ बजेर ५० मिनट भएको थियो ।
त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई ०१ बजेर ५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले नेम्वाङको नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेपछि मृत घोषणा गरेका थिए ।
हृदयघातबाट निधन भएका एमालेका उपाध्यक्ष नेम्वाङको पार्थिव शरिर पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याउने तयारी छ ।
उनको शव हाल त्रिवि शिक्षण अस्पतालमा नै राखिएको छ । पार्टी कार्यालयमा श्रद्धान्जलिका लागि ल्याएर त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया