सरकारी हाकिमको साथमा कहाँबाट आयो २६ लाख रुपियाँ

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपियाँसहित कर अधिकृत पक्राउ परेका छन् ।

दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन् । सापकोटाले सो रकम कहाँबाट ल्याएका हुन् अनुसन्धान शुरु भएको छ ।

विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन् ।

कर अधिकृत सापकोटाको साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत दीपक पौडल भागेका छन् ।

रकम लिएर सापकोटा श्री एअरलाइन्सको उडानबाट नेपालगञ्जबाट काठमाडौं जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Published : Monday, 2023 September 11, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया