सरकारी हाकिमको साथमा कहाँबाट आयो २६ लाख रुपियाँ
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपियाँसहित कर अधिकृत पक्राउ परेका छन् ।
दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन् । सापकोटाले सो रकम कहाँबाट ल्याएका हुन् अनुसन्धान शुरु भएको छ ।
विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन् ।
कर अधिकृत सापकोटाको साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत दीपक पौडल भागेका छन् ।
रकम लिएर सापकोटा श्री एअरलाइन्सको उडानबाट नेपालगञ्जबाट काठमाडौं जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया