पोशाकमै सृष्टि झुण्डिएपछि प्रिन्सिपल र सञ्चालक पक्राउ
काठमाडौं । आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमको एउटा बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन् ।
चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कूलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्कूलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कूलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए ।
जाहेरीका आधारमा बोर्डिङ स्कूलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताएका छन् ।
पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया